नियम ६३
खारेजी र बचाऊ
(१) देहायका नियमहरू खारेज गरिएका छन् ।
(क) मनोरञ्जन कर नियमहरू, २०१८ ।
(ख) बिक्रीकर नियमहरू, २०२४।
(ग) ठेक्काकर नियमावली, २०२४ ।
(२) उपनियम (१) मा उल्लेखित नियमहरू बमोजिम भए गरेको काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन् ।